नेपालमा भएका भारू साट्न राष्ट्र बैंकका तीन सर्त

काठमाडौं, ३ मंसिर/नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र १ हजार दरका भारु साट्न तीन सर्त तोकेर छ । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन लागेको हो ।

राष्ट्र बैंकले यसका लागि बिहीबार समितिसमेत गठन गरेको छ । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेर आन्तरिक व्यवस्थापनको पूर्वतयारीसमेत सुरु गरेको हो । समितिले शुक्रबारका लागि पहिलो बैठक राखेको छ ।

सो बैठकले नोट सटहीलाई कसरी व्यवस्थापन गर्ने, जाली नोट सटही हुनबाट कसरी रोक्ने र खुला सिमानाका कारण भारतबाट थप नोट आउन नदिएर नेपालमा भएका वैधानिक नोट मात्रै साट्ने व्यवस्था कसरी मिलाउने भन्नेजस्ता विषयमा छलफल गरिने डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए । आजको राजधानी दैनिक खबर छ ।

‘एकजना नेपालीले हजार र ५ सय दरका २५ हजार भारुबराबरका नोट सटहीका लागि राष्ट्र बैंकले तयारी थालेको छ । यसका लागि नोट सट्ने व्यक्तिले आफ्नो आम्दानीको स्रोत वैध भएको, नोट नक्कली ठहरिएमा त्यसको जिम्मेवारी आफैंले लिने र एउटा बैंकबाट २५ हजार भारुबराबरका हजार र ५ सय दरका नोट साटिसकेपछि पुनः अर्को बैंकमा नोट साट्दिनँ भन्ने घोषणा गर्नुपर्नेजस्ता सर्त राखेर नोट साट्ने व्यवस्था मिलाउन लागिएको छ ।

कमेन्टहरु
Loading...