नोकियाका नयाँ स्मार्ट फोनहरुको गण्डकी र धौलागिरीमा बिक्रि सुरु

पोखरा , २५ कार्तिक/विश्वको ख्यातीप्राप्त ब्राण्ड नोकियाले नयाँ स्मार्ट फोनहरुको नेपालमा बिक्रि बितरण गर्न शुरु गरेको छ । सन्२०१६ डिसेम्बर १ बाट नोकियाको  बिक्रि बितरण गर्न शुरु गरेको फिनल्याण्डको कम्पनी एचएम डि ग्लोबलले नेपालका लागि टेलिटक प्रा.लि. लाई आधिकारिक बिक्रेता नियुक्त गरेर नयाँ स्मार्ट तथा फिचर फोनहरुको नेपालमा बिक्रि बितरण गर्न शुरु गरेको हो ।

यसै क्रममा गण्डकी र धौलागिरीमा पनि नोकियाका नयाँ स्मार्ट तथा फिचर फोनहरुको बिक्रि बितरण गर्न शुरु भ​एको छ ।यस क्षेत्रका लागि आधिकारिक बिक्रेता न्यू साउण्ड एण्ड भिजन पोखरा तथा गोर्खा र लम्जुङ्गका लागि  ग्लोवल इन्टरनेसनल ईम्पेक्सबाट बिक्रि बितरण शुरु भएको टेलिटक प्रा.लि.का गण्डकी र धौलागिरी टियस​ओ प्रदिप तिवारीले जानकारी दिए ।

बिगत एक दशक देखि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका मोबाइलहरु तथा आफ्ना स्वउत्पादनका मोबाइल नेपाली बजारमा बिक्री बितरण गर्दै आइरहेको टेलिटक प्रालिले नोकियाको आधिकारीक बिक्रेता भैसकेपछि देशभरी आफ्ना ३६ वटा क्षेत्रिय बिक्रेता चयन गरी बिक्रेताहरुको काठमाडौंमा सम्मेलन गरेको थियो ।सम्मेलनमा एचएम डी तथा टेलिटक प्रालिका प्रतिनिधिहरुले संयुक्त रुपमा नोकिया ७.२ स्मार्ट फोन र १०५ फिचर फोन लन्च गरेका थिए । हालसालै बिश्वव्यापी रुपमा बजारमा आएको नोकिया ७.२ र नोकिया १०५ आर्कषक डिजाइनका फोन हुन् ।

गत महिना बर्लिनमा संचालित युरोपको सबैभन्दा ठूलो प्रविधि प्रदर्शनी आइएफए मा नोकिया ७.२ लन्च गरिएको थियो ।६.३ इन्च डिस्प्ले र ४८ मेगा पिक्सल क्यामरा भएको नोकियाको नयाँ स्मार्टफोन ७.२ निकै नै प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछ ।नोकियाले स्मार्ट फोनमा तीन बर्षको लागि एन्ड्रोइडको नयाँ अपडेट र सेकुरेटी अपडेट गर्ने प्रतिबद्धता जनाएको छ ।

कमेन्टहरु
Loading...