Ganthan News Pokhara
All news from Pokhara & around

एनएमबि बैंक र ओमले एकीकृत कारोबार सुरु, पुँजी २० अर्ब १५ करोड

0

पोखरा, १२ असोज / एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. बीच एकीकृत कारोबार सुरु भएको छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच एकीकृत कारोबार शुभारम्भ गरिएको छ ।

एकीर्कत कारोबारको शुरुवात गदै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मुलुकको समृद्धिको अभियानमा बैंकहरुको योगदान हुनुपर्ने बताए । दुवै संस्था गाभिए पश्चात बैंकको चुक्ता पुँजी ११ अब ५३ करोड रुपैयाँ पुगेको छ ।

८ अर्ब ६२ करोड रुपैयाँको कोषसहित गरी पुँजी २० अर्ब १५ करोड रुपैयाँ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । मर्जर पश्चात बैंकको नाम एनएमबि र मुख्य कार्यालय एनएमबि भवन बबरमहल काठमाडौंमा रहेको छ ।

दुवै संस्था गाभिए पश्चात एनएमबि बैंकको शाखा सञ्जाल १ सय ६३, एटिएमहरुको सञ्जाल १ सय २८ पुगेको छ । एक्स्टेन्सन काउन्टर संख्या ५ पुगेको छ । गण्डकी प्रदेशमा मात्रै बैंकका शाखाहरु ३९ रहेको प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए । ‘गण्डकी प्रदेशमा सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंकका रुपमा हामी स्थापित भएका छौं,’ उनले भने ।

कार्यक्रममा सञ्चालक राजेन्द्र काफ्ले एनएमबि र ओमको एकीकृत कारोबार शुभारम्भसँगै बैंक अझ बढी सशक्त भएको बताए । ‘अन्य बैंकभन्दा हामी फरक छौं,’ उनले भने, ‘राष्ट्रको समृद्धि अभियानमा हाम्रो साथ रहनेछ ।कार्यक्रममा बोल्दै बैंकका सञ्चालक राजेन्द्र काफ्ले एनएमबि र ओमको एकीकृत कारोबार शुभारम्भसँगै बैंक अझ बढी सशक्त भएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डिल्लिराम पोखरेल, साबिक ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार गोशली, मर्जर समितिका सदस्य राजेन्द्रकुमार बाटाजू लगायतले शुभकामना दिएका थिए ।