एनमार्कको अष्ट्रेलियन एजुकेशन फेयरमा उत्साहजनक सहभागीता

पोखरा, ५ भदौ/एनमार्कको अष्ट्रेलियन एजुकेशन फेयरमा अष्ट्रेलिया जान चाहने विद्यार्थीको उल्लेख्य

सहभागीता जनाएका छन् । पोखरा महेन्द्रपुल चोकमा रहेको एनमार्क एजुकेशनले उच्च शिक्षाका लागि

अष्ट्रेलिया जान चाहने विद्यार्थीहरु लक्षित गरेरे अष्ट्रेलियन एजुकेशन फेयर गरेको थियो । फेयरका करिब २

सय विद्यार्थीहरुले सहभागीता जनाएको सिनिएर काउन्सिलर सामना क्षेत्रीले जानकारी दिईन् ।

एनमार्कको कार्यलयमा भएको एजुकेशन फेयरमा अष्ट्रेलियास्थित विभिन्न २० भन्दा बढी कलेज तथा

युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी परामर्श दिएको प्रालिका अध्यक्ष नविन अधिकारीले

जानकारी दिए ।

अधिकारीले पछिल्लो समय वैदेशिक अध्ययनमा विद्यार्थीको बढि जान थालेको बताउदै उच्च शिक्षा

अध्ययनका लागि नेपाली विद्यार्थीहरु अष्ट्रेलिया पहिलो रोजाइमा रहेको बताए ।

उनले कलेज छनौट गर्ने, कुन विषय अध्ययन गर्ने, कसरी जाने भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी दिईएको

बताए । एनमार्कले अष्टे«लियासँगै न्युजिल्याण्ड, अमेरिका लगायतका देशमा अध्ययनका लागि परामर्श दिदै

आइरहेको छ ।

कमेन्टहरु
Loading...