निसान गाडीको अफर पुराना ल्याउनुहोस् नयाँ गाडी लैजानु होस्

पोखरा, ७ जेठ/निसान कम्पनीले जुनसुकै कम्पनीका पुराना गाडी दिएर निसान कम्पनीका विभिन्न मोडलका गाडी साट्ने एक्सचेन्ज मेला सुरू गरेको छ । निसान गाडीका नेपालका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले गण्डकी धौलागिरीका लागि पोखराको सब डिलर विश्वकर्मा अटोमार्टमा जेठ ६ गते देखि निसान एक्सचेन्च मेला सुरु भएको हो ।

निसान गाडीको अफर पुराना ल्याउनुहोस् नयाँ गाडी लैजानु होस्
निसान गाडीको अफर पुराना ल्याउनुहोस् नयाँ गाडी लैजानु होस्

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कुनै पनि कम्पनीका कार तथा जिप दिएर निसानका विभिन्न मोडलका गाडीहरू साट्न सकिने टुगड ब्रदर्स एन्ड सन्सका एसिस्टेन्ट जनरल म्यानेजर शम्भु सुवेदीले जानकारी दिए । निसान कम्पनीका माइक्रा, एक्सएलओ, एलएक्स, सन्नी, एस्टे«ल, र पट्रोल जस्ता कार तथा जिप मेलामा उपलब्ध हुने सुवेदीले जानकारी दिए ।

९ गतेसम्म चल्ने एक्सचेन्ज मेलामा चालु अवस्थामा रहेका जुनसुकै ब्रान्डका गाडी मेलामा साटफेर गर्न सकिने विश्वकर्मा अटोमार्टका सञ्चालक शिव श्रेष्ठले बताए । पुराना गाडीको मूल्यांकन गर्न काठमाडौंदेखि प्राविधिक ल्याइएको सञ्चालक श्रेष्ठले बताए । निसान कम्पनीका गाडी किन्दा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा रहेको उनको भनाई थियो ।

एम्टिभ, एक्सएलओ, एलएक्स जस्ता गाडीको मूल्य २८ लाख ५० हजारदेखि ३१ लाख ५० रूपैयाँ पर्छ भने सन्नी, नाभारा, एक्सट्रेल, पट्रोल जस्ता गाडीको मूल्य ३८ लाख ५० हजारदेखि १ करोड ५० लाख रूपैयाँसम्म पर्ने सञ्चालक श्रेष्ठले जानकारी दिए । मेलाकै अवसरमा शुक्रबार पोखरामा निसान कम्पनीका विभिन्न मोडलका गाडीको र्‍याली सम्पन्न भएको छ ।

कमेन्टहरु
Loading...