निर्मलपोखरीको चिलाउने खर्कमा होमस्टे

पोखरा, ५ फागुन /गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) प्रदेश नं. ४ को आयोजनामा बिहीबार कास्कीको चिलाउने खर्क सामुदायिक होम स्टे सम्भाव्यता अध्ययन भ्रमण सम्पन्न गरेको छ । पोखराबाट पर्यटन व्यवसायीहरु, ट्राभल्स एजेन्सी, रेष्टुरेन्ट तथा होटल व्यवसायी, मिडियाकर्मी स्थानिय जनप्रतिनिधिहरुको जम्बो टोलीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ मा रहेको मगरहरुको वस्ती चिलाउने खर्कमा होम स्टेको सम्भाव्यता अध्ययन गर्न भ्रमण गरेको थियो ।

भ्रमणमा गएको टोलीलाई स्थानिय वासिन्दाहरुले भव्य स्वागत गर्दै मगर समुदायको युवा युवतीहरुले सोरठी लगाएतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सो अवस्थामा वडा नं. २१ का अध्यक्ष खगराज आचार्यले पोखराको नजिकै भएर पनि ओझेलमा परेको चिलाउने खर्कमा पर्यटकलाई आकर्षण गर्ने गरी वजेट विनियोजन गर्न आफुले पहल गर्ने वताए ।  उनले जवसम्म गाउँको विकास हुदैन तबसम्म देशको विकास नहुने वताउदै पोखरा आसपासका क्षेत्रलाई पर्यटकिय क्षेत्र वनाउन पर्ने वताए ।

भिटोफ प्रदेश नं. ४ का अध्यक्ष रविन्द्रराज पौडेलले स्थानिय समुदाय होम स्टे संचालनको लागी इच्छुक भई अग्रसर भएमा होमस्टेको प्रचार प्रसारमा गर्न आवश्यक तालिम तथा सिप विकास गर्न सहयोग गर्न प्रतिवद्धता जनाए भिटोफ प्रदेश नं. ४ का संस्थापक अध्यक्ष तारानाथ पहारीले ग्रामिण पर्यटनको सम्भावना अध्ययन गर्नु र त्यस क्षेत्रको प्रवद्र्धन गर्नु भिटोफको पहिलो र अन्तिम उद्देश्य भएको वताउदै हालसम्म नेपालका ३५ स्थानमा भिटोफले होम स्टे स्थापना गर्न सहयोग गरि प्रवद्र्धन गरेको वताए ।

कार्यक्रमका विशेष अतिथि भिटोफ नेपालका वरिष्ठ सल्लाहकार प्रोफेसर डाक्टर प्रेम शर्माले नेपाली पर्यटकलाई गाउँ गाउँमा पुयाउन सके गाउँलेको आर्थिक स्थिति सबल भई जिवनले कोल्टे र्फेर्ने वताए । स्थानिय समाजसेवी कृष्णवहादुर थापाले पोखराबाट १०÷१२ किलोमिटर दक्षिणमा रहेको स्याङ्जा र तनहँुका धेरै भुभाग देख्न सकिने रमणिय स्थान भएर पनि सरसल्लाह र उचित सहयोग नपाउँदा पर्यटनको विकासमा ध्यान दिन नसकिएको वताए ।

उनले भिटोफ जस्तो संख्याको साथ पाएमा गुणस्तरीय होम स्टे संचालन गरी नेपालकै नमुना होम स्टे वनाउन कोशिस गर्ने वताए । साथै पोखरा लेखनाथ २१ भरिमा हरेक वर्ष मेला लाग्ने स्थान चिलाउने खर्क मात्रै भएकोले आउँदो चैते दशैको अवसरमा सम्प्ुर्ण पाहुनाहरुलाई अवलोकन गर्न निम्ता पनि दिएका थिए । कार्यक्रममा मनबहादुर थापा, सिर्जनशिल आमा समुहकी अध्यक्ष, मिलनटोल आमा समुहकी अध्यक्ष लगाएतले आफ्ना भनाई राखेका थिए ।

नेपालकै प्रसिद्ध सुन्दर पर्यटकिय क्षेत्र पोखराबाट २० मिनेटमा पुग्न सकिने साविक निर्मल पोखरी वडा नं. ३ हाल पोखरा लेखनाथमहानगरपालिका वडा नं. २१ मा रहेको चिलाउने खर्क मगर समुदाय रहेको गाँउ हो ।  भ्रमणमा विग एफमका माधव पनेरु, गण्डकी टेलिभिजनका कृष्ण क्षेत्री, दरबारथोक एड्भरटाईजिङका कृष्ण रानाभाट, सफलता रेडियोका मधुअधिकारी, वडा सचिव, उपस्वस्थ्य चौकीका इन्चार्ज, भिटोफका कार्य समिति सदस्यहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
भिटोफ प्रदेश नं. ४ का अध्यक्ष रविन्द्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य कमल भुजेलले गरेका थिए ।

कमेन्टहरु
Loading...