एनआइसी एसिया बैंक २० औं वर्षको अवसरमा पत्रकार महासंघ कास्कीलाई सहयोग

पोखरा, ४ साउन /एनआइसी एशिया बैंक २० औं वर्षमा प्रवेशको अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखालाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बुधबार पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बैंकका पोखरा क्षेत्रीय प्रमुख दीपेन्द्र शर्माले चेक हस्तान्तरण गरे ।

सेवाको बिसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निक्षेप तथा कर्जातर्फ विशेष सेवाहरु चाँडै नै ग्राहक वर्ग समक्ष ल्याउने तयारी भइरहेको शर्माले बताए । ‘संंस्थागत सामाजिक उत्तरदायित्वतर्फ बैंकको लक्षित क्षेत्रहरु वातावरण, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता एवम् वित्तीय समावेशीकरण र खेलकुद क्षेत्रमा आफ्नो योगदान अझै शसक्त बनाउन बैंक कटिबद्ध रहेको छ,’ शर्माले बताए ।

मोरङ जिल्ला विराटनगर महानगरपालिकामा १९ वर्ष अघि रजिष्टर्ड कार्यालयको स्थापना गरी २०५५ साउन ५ मा क्षत्रीय बैंकको रुपमा नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल बैंक नाममा बैंकले आफ्नो सेवा प्रारम्भ गरेको थियो । २०६४ असोज २ मा स्थापित तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडलाई २०७० असार १६ मा आफूसँग गाभी एनआइसी एसिया बैंकको नाममा कारोबार सुरु भएको हो ।

बैंकले हालसम्म १ सय १९ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टर, ७० वटा एटिएम तथा ४ हजार वटा रेमिट्यान्स काउण्टर लगायतका सञ्चालमार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।

सर्वसाधारणको वित्तीय पहुँचलाई थप सशक्तीकरण गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ पहुँच अभिवृद्घि गर्ने अभिप्रायले बैंकले चालु आर्थिक वर्ष भित्र शाखा संख्या २ सय भन्दा बढी पु¥याउने लक्ष्य लिएको छ । एटिएम संख्या ४ सय भन्दा बढी, शाखारहित बैंकिङ सेवा २ सय भन्दा बढी, पिओएस संख्या २ हजार भन्दा बढी तथा रेमिट्यान्स पेमेन्ट एजेन्ट संख्या १० हजार भन्दा बढी कायम गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यसै क्रममा इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा नेपालमा नै पहिलो पटक बैंकले उपलब्ध गराइसकेको विज्ञप्तिमा उल्लेख छ । ‘विद्युतीय बैंकिङलाई अझै सशक्त तथा प्रभावकारी रुपमा अघि बढाउँदै आफ्ना ग्राहकलाई नविनतम् सुविधाहरु प्रदान गर्न बैंक कटिबद्ध रहेको छ,’ शर्माले भने । यसै क्रममा पूर्णतया अनलाइन एबिबिएस प्रणालीमार्फत शेयर आवेदन, पूर्ण तया अनलाइन खाता खोल्न सकिने सुविधा तथा छिटो छरितो कर्जा स्वीकृतीको लागि सोर्स कार्ड मोडल लागुगर्ने प्रक्रिया अन्तिम चरणमा रहेको प्रमुख सूचना अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।

कमेन्टहरु
Loading...