एनआइसी एशियाको ‘धनवर्षा मुद्धती खाता’, १२ प्रतिशत व्याज

पोखरा, २४ फागुन । ‘बैंक पनि, साथी पनि’ मूल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको छ । ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको उक्त खातालाई री–लञ्च गरिएकोे बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एक वर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिने छ ।

मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराउन सकिने क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए ।

यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहकहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको बैंकले जनाएको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आइरहेको छ ।

मुलुकभर १८० शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको बैंकका एटिएम सञ्जालहरु १८३ वटा छन् । ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवं प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५ हजार भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ सञ्जाल भएको बैंकको रुपमा एनआइसी एशिया स्थापित भएको छ ।

कमेन्टहरु
Loading...