Ganthan News Pokhara
All news from Pokhara & around

एनआईसीका ग्राहकलाई पोखराका होटलमा ३० प्रतिशत सम्म छुट

0

पोखरा, ८ साउन / एनआईसी एशिया बैंक लिमिटेडले पोखराका पार्दी विरौटामा रहेको होटल पोखरा ग्राण्ड सम्झौता गरेको छ । बैंकका ग्राहकलाई छुट दिने उद्देश्यले सम्झौता गरिउको बैंकले जानकारी दिएको छ ।

सम्झौता पछि बैंकका ग्राहकले होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत सम्मको छुट पाउने छन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन् ।

त्यसै गरि पोखरा ६ लेकसाइडमा रहेको टीका रिसोर्ट सगँ पनि सम्झौता भएको छ । बैंकका ग्राहकलाई १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

देशभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

अरु सम्बन्धित खबरहरु