नेपाल रुपैया सगँ एक अमेरिकी डलर ११७ रुपैया

काठमाडौ, ३ असोज / अमेरिकी डलरको मूल्यले १ सय १७ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार

डलरको बिक्रीदर मूल्य १ सय १७ रुपैयाँ ७ पैसा तथा खरिददर मूल्य ११६ रुपैयाँ ४७ पैसा पुगेको हो ।

अघिल्लो दिनको तुलनामा यो ७५ पैसा महँगो हो । एक साता यता डलरले दैनिक उच्च मूल्यको रेकर्ड राख्दै

आएको छ । डलरको मूल्य बढ्दा नेपालमा आयातित सामानको मूल्य बढ्न भएकाले महँगीको दर बढ्न जान्छ ।

यसले आयातित सामानमा पूर्ण निर्भर नेपालको व्यापार घाटा बढाउँछ ।

भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिल विनिमय दर रहेको छ । भारु अमेरिकी डलरसँग कमजोर हुँदा त्यसको

असर नेपाली रुपैयाँमा सगँ पनि पर्ने गरेको हो ।

कमेन्टहरु
Loading...