नेपाल टेलिकमले ब्यालेन्स सापटी दिने (कति देखी कति सम्म)

काठमाडौं, १६ चैत /नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुभारम्भ गरे।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नमस्ते क्रेडिट सेवाले सेवा ग्राहीले सेवा पुग्ने बताइन् । कम्पनीका अनुसार जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कुरा गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ।

यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुने छ। सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ। यसरी सापटी लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन।

यसको उपभोग गर्नको लागी सिम किनेको कमसेकम ३ महिना हुनुपर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कति रकम सापटी लिन सकिन्छ भन्ने जानकारी लिनका लागि STATUS लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ।

त्यसैगरी यो सेवा बन्द गर्नका लागि क्त्इए लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि STOP लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ।

कमेन्टहरु
Loading...