नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तालीम

पोखरा, ११ माघ/नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता पुनर्ताजगी तालीम शनिबार पोखरामा सम्पन्न भएको छ । कम्पनीको पोखरा शाखाले आयोजना गरेको तालीममा कास्की, तनहुँ, म्याग्दी, पर्वत, स्याङ्जा र मनाङका सक्रिय ६० जना अभिकर्ताहरुको सहभागिता रहेको शाखा प्रवन्धक अनन्त अधिकारीले जानकारी दिए ।

तालीममा सहभागीहरुलाई नेपाल लाइफ इन्स्योरेन्सका सहायक महाप्रवन्धक उमापति पोखरेलले कम्पनीको नयाँ योजनाको बारेमा जानकारी दिएका थिए । सो अवसरमा बोल्दै उनले पछिल्लो समयमा विमाप्रति व्यवसायी लगायत आम नेपाली सर्वसाधरणको आकर्षण बढेको जानकारी दिए । कम्पनीको व्यवसायिक समीक्षासहित आयोजित तालिममा वरिष्ठ एजेन्सी म्यानेजर ओम केसी लगायतले प्रशिक्षण दिएको बताइएको छ ।

कमेन्टहरु
Loading...