सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन भिजिट नेपाल इयर

पोखरा, १५ जेठ /नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटकलाई भित्राउन सरकारले भिजिट इयर २०२० मनाउने भएको छ। २० लाख पर्यटक ल्याउने लक्ष्यसहित सरकार ‘भिजिट इयर’ मनाउन लागेको हो।

पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि ‘पहिले देश अनि विदेश अभियान’ चलाइने योजना ल्याइने अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषणमार्फत जानकारी गराएका छन्।

पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि भारत र चीनमा विशेष अभियान चलाउने सरकारको तयारी छ। उनले पर्यटन घुम्नका लागि नेपालका एक सय डेस्टिनेसन तोक्ने बताए ।

कमेन्टहरु
Loading...