बजेटः वृद्धवृद्धालाई सन्तानले अनिवार्य पाल्नु पर्ने कानुन ल्याइने

पोखरा, १५ जेठ /वृद्धवृद्धालाई सन्तानले अनिवार्य पाल्नु पर्ने गरि सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । संघीय संसदमा आर्थिक वर्ष २०७५र७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडालेबजेट मार्फत त्यस्तो अनिवार्य गर्ने बताए ।

त्यसै गरि ७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकको १ लाखसम्मको बिमा रकमको स्वास्थ्य बिमा शुल्क सरकारले व्यहोर्न छ ।

सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रदान गरिँदै आएको यातायात खर्च दोब्बर बनाइएको छ।

सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट उपलब्ध गरिने पनि अर्थमन्त्रीले बजेट मार्फत जानकारी दिएका छन्।

शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजमा ७ लाख रुपैयाँ ऋण उपलब्ध गराइने भएको छ।

कमेन्टहरु
Loading...