रेलमार्ग बनाउन ७ अर्ब ७० करोड

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै रेलमार्गहरुको लागि आगामी वर्षमा ७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमागले पाएको थियो । अर्थमन्त्री खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेको बताए । यो बजेट मुख्य रुपमा रेलमार्गको जग्गा अधिग्रहण लगायतका काममा खर्च हुनेछ ।

सरकारले चीन तथा भारतलाई रेलमार्गले काठमाडौंमा जोड्ने महत्वकांक्षी आयोजना अघि बढाउने बताए । रक्सौल काठमाडौं र केरुङ काठमाडौं जोड्ने रेल अनुदानमा बनाइदिन नेपालले भारत र चीनसामू प्रस्ताव गरेको छ ।

यस्तै काठमाडौं लुम्बनी र काठमाडौं पोखरा जोड्ने रेल, काठमाडौंमा मोनो वा मेट्रो रेल बजेटमा उल्लेख गरेको छ ।

कमेन्टहरु
Loading...