पोखराबाट उत्तरप्रदेशको आनन्दबिहार बस सेवा सञ्चालन हुने

पोखरा, ३२ जेठ/पोखरा र भारतको उत्तर प्रदेशको विचमा सीधा बस सेवा सञ्चालन हुने भएको छ । भारतको उत्तर प्रदेशको परिवहन विभाग र नेपालीपक्षबीच मंगलवार दिल्लीमा आठ बुदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार उत्तर प्रदेशको आनन्द बिहार र पोखराबाट प्रत्येक दिन बसहरु संचालन हुने छ । आगामी असार २७ गते दुवै देशमा यातायातमन्त्रीहरुले पोखराबाट बस सेवाको उद्घाटन गर्ने दुवै पक्षले जानकारी दिएका छन् । हालप्रत्येक दिन पोखरा र आनन्द बिहारबाट एक एक वटा वस संचालन गर्ने र आवश्यक परेमा त्यसलाई विस्तार गर्ने सहमति समेत दुवै पक्षले गरेका छन् ।

मोर्डन इरा टुर्स एन्ड ट्राभलको अध्यक्ष केसब प्रसाद अधिकारी र भारतको गाजियावाद रिजिनल मैनेजर पि को बोसले सम्झौतामा पछि
मोर्डन इरा टुर्स एन्ड ट्राभलको अध्यक्ष केसब प्रसाद अधिकारी र भारतको गाजियावाद रिजिनल मैनेजर पि को बोसले सम्झौतामा पछि

नेपाल भारत मैत्री बससेवा पोखरा दिल्ली पोखराबाट पनि सञ्चालन हुने छ । भारतको गाजियावादमा दुबै तर्फबाट हस्ताक्षर भएको छ । जसमा नेपालको तर्फबाट मोर्डन इरा टुर्स एन्ड ट्राभलको अध्यक्ष केसब प्रसाद अधिकारी र भारतको गाजियावाद रिजिनल मैनेजर पि को बोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् । बस ,आन्न्द बिहार बस अड्डाबाट बिहान नौ बजे छुट्ने । बस दिल्ली बुटवल स्याङ्जा हुँदै पोखरा जाने आउने अधिकारीले जानकारी दिएका छन् ।

२ हजार २ सय रुपैया भाडा दर तोकेको छ । यात्रा गर्दा परिचय पत्र अनिवार्य हुने अधिकारीको भनाई छ । यस अगाडी पोखराबाट नयाँदिल्ली बस सेवा सञ्चालन हुदै आएको बताए । बस सेवाले भारतिय पर्यटकहरुलाई पोखरा भ्रमण गर्नको लागि यसले महत्वपूर्ण सहयोग गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...