नेबिकोको सुगर फ्रि डाइजेष्टिभ अब नयाँ प्याकेजिङमा

पोखरा, १२ चैत /नेपालकै जेठो बिस्कुट कम्पनी नेबिको प्रालिले सुगर फ्रि बिस्कुट डाइजेष्टिभ नयाँ प्याकेजिङसहित बजारमा ल्याएको छ । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट तथा रि–लन्चिङ कार्यव्रmममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे र नायक तथा नेबिकोका ब्रान्ड एम्बासडर शिव श्रेष्ठले संयुक्त रुपमा सो बिस्कुटको औपचारिक रुपमा पुनः प्रारम्भ गर्नुभयो ।

कार्यव्रmमका प्रमुख अतिथि पालिखेले नेपाली उत्पादनलाई महत्त्व दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेबिकोले बिस्कुटबाट विदेसिने करौडौँ रुपैयाँ देशभित्रै राख्न सहयोग गरेको बताउँदै आफूले बच्चैदेखि नेबिकोका उत्पादनहरु उपभोग गर्दै आएको स्मरण गर्नुभयो । आफूले हरेक दिन झोलामा सुगर फ्रि डाइजेष्टिभ बिस्कुट बोक्ने गरेकोसमेत उहाँले खुलासा गर्नुभयो ।

सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा ब्रान्ड एम्बासडर तथा नायक शिव श्रेष्ठले नेबिको जस्तो पुरानो कम्पनीको ब्रान्ड एम्बासडर हुन पाएकोमा गौरव बोध भएको बताउनुभयो । आफू नेबिकोको पुरानो उपभोक्ता भएको भन्दै श्रेष्ठले स्वस्थ खाद्य पदार्थको अभावलाई यसले पूर्ति गरेको भनाइ राख्नुभयो । कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले नेबिको नेपाली कम्पनी भएर पनि अन्तर्राष्ट्रिय स्तरको उत्पादन दिन सफल भएको बताउनुभयो ।

प्रालिका ब्रान्ड म्यानेजर अरुण पौडेलले विदेशी बिस्कुटको तुलनमा डाइजेष्टिभ बिस्कुटको गुणस्तर उत्कृष्ट रहेको दाबी गर्नुभयो । उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन गरी कोलिस्ट्रोलरहित उत्कृष्ट स्वादमा बिस्कुट उपलब्ध रहेको पौडेलको भनाइ थियो । चलचित्र निर्देशक तथा निर्माता दीपक श्रेष्ठले डाइजेष्टिभ मधुमेह भएको वा नभएको दुवै उपभोक्ताका लागि उत्कृष्ट रहेको अनुभव सुनाउनुभयो ।

३ वर्षअघिदेखि बजारमा उपलब्ध रहेको सुगर फ्रि डाइजेष्टिभ बिस्कुट हाल अन्तर्राष्ट्रिय स्तरको प्याकेजिङमा उपलब्ध गराइएको सेल्स म्यानेजर प्रकाश कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार बिस्कुट ११० ग्राम रु. ५० मा र २२० ग्राम रु. १०० मा खरिद गर्न सकिने छ । सन् १९६४ देखि उत्पादन सुरु गरेको प्रालिले नेपाल गुणस्तर चिह्न तथा आइ. एस. ओ. ९००१, २००८ को प्रमाण पत्र प्राप्त गरिसकेको गण्डकी इन्चार्ज सुरज उपाध्यायले बताउनुभयो । नेबिकोले कोकोनट, ग्लुकोज, थिन आरारोट, खाजा, ट्रेकर च्वाइस, ट्रेकर च्वाइस (आँटा) लगायतका बिस्कुटहरु उत्पादन गर्दै आएको छ ।

कमेन्टहरु
Loading...