मुक्तिनाथ विकास बैंक सञ्चालन मुनाफा १ अर्ब २२ करोड

पोखरा, ३१ साउन / मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष ०७५/०७६ मा सञ्चालन मुनाफा १ अर्ब २२ करोड गरेको छ ।

बैंकले ४६ अर्ब १३ करोड निक्षेप संकलन र ३७ अर्ब ९५ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु. १ अर्ब २२ करोड बताएको हो । विकास बैंकको माझमा यस विकास बैंकको उत्साहजनक बृद्धि र उत्कृष्ठ प्रतिफल रहेको जनाएको छ ।

बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल बैंकले जानकारी दिएको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी २७.८४ रुपैया रहेको छ । गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बंैकले लक्ष्य लिएको छ ।

हाल बैंकले ११८ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

कमेन्टहरु
Loading...