मुक्तिनाथ विकास बैंकको दुईशाखा एकै साथ शुरु

पोखरा, १४ चैत /आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथविकास बैंकले देशै भरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्र नगरमा शाखा कार्यालय विस्तार गरेको छ ।

महेन्द्रनगर शाखाको समुद्घाटन भीमदत्त नगरपालिकाका मेयरसुरेन्द्र बिष्टले गरे । शाखा कार्यालय समुद्घाटन गर्नै बिष्टले बैंकको प्रगतिको कामना गर्नु हुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

वीरेन्द्र नगर शाखाको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाकाउप–मेयर मोहनमाया ढकाल भण्डारीले गरिन् । शाखा कार्यालय समुद्घाटन गर्दै जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुलनाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्न सबैलाई अनुरोध गरिन् ।

मुक्तिनाथ विकास बैंक लि. देशैभरी अनौपचारीक रुपमा देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम र करिब छ लाखग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदानगर्दै आएको छ । ग्राहकहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ए.टि.एम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ ।

कमेन्टहरु
Loading...