मुक्तिनाथ विकास बैंक र जन प्रिय बहुमुखि क्याम्पस विच सम्झौता

पोखरा, १५ असार /मुक्तिनाथ विकास बैंक र जनप्रिय बहुमुखी क्याम्पस पोखरा विचमा मानव संसाधन व्यवस्थापन गर्ने गरी सम्झौता भएको छ ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा जनप्रिय बहुमुखी क्याम्पसबाट विविए/विविएस/एमविए र एमविएसमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी रोजगारी दिने सम्झौता भएको हो ।

जसबाट शैक्षिक वेरोजगारीको उचित र सहि व्यवस्थापन गर्न सकिनेमा दुवै पक्ष विश्वस्त रहेका छन् । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लिको तर्फबाट क्षेत्रीय प्रवन्धक बावुराम ढकाल र जनप्रिय बहुमुखि क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख विरन्जी गौतमले हस्ताक्ष गरे ।

कमेन्टहरु
Loading...