मुक्तिनाथ विकास बैंकको बाहौं वार्षिक साधारण सभाबाट बोनस पारित

पोखरा, ३ पुष / मुक्तिनाथ विकास बैंक बाह«ौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को प्रस्तावहरु पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष ०७४/०७५ को मुनाफाबाट सेयरधनीहरुलाई (०.९६ प्रतिशतवोनस सेयरको कर प्रयोजनार्थ नगदलाभाँस र १८.२५ वोनस सेयर सहित) १९.२१ प्रतिशतलाभाँस वितरण गर्ने भएको छ । वोनस सेयर वितरण पश्चात कायम हुने चुक्तापूँजीको २० प्रतिशत हक प्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको विगत तथा वर्तमान अवस्था र बैँकको भावी रणनीतिका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...