मुक्तिनाथ विकास बैंक लि.को सत्रौ शाखा

मुक्तिनाथ विकास बैंक लि.लेसत्रौ शाखाको रुपमा स्याङ्गजा जिल्लाको विकट ठांउ चापाकोट गा.वि.स वडा नं ६ शुरु गरि कारोबार शुरु गरेको छ । शाखाको नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय पोखराका मुख्य प्रबन्धक ऋषिकेश भट्टले उद्घाटन गरे । जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ” भन्ने सिद्धान्तलाई आत्मसात गरी शाखा सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले जानकारी दिए ।

शाखाबाट सुन्तलिटार गा.विस र यसका आसपासका क्षेत्रका जनता, उद्योगी व्यवसायी, शैक्षिक संस्था (स्कुल कलेज) स्वास्थ्य सेवा प्रदायक (हस्पिटल) सरकारी, गैहसरकारी संघ संस्था, कृषि पशुपालन संग सम्बन्धित व्यवसायीहरु माझ प्रत्यक्षरुपमा बैंकिé पंहुच पग्नेछ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आइरहेको बैंकले चापाकोटबाट विगत बर्ष देखिनै लघुवित्त तथा सिमित बैकिङ्ग सेवा प्रवाह गर्दै आएको थियो ।

बैकले पर्वत जिल्लाको कार्किनेट, रुपन्देही जिल्लाको गल्लामण्डी भैरहवा र कास्की ो चिप्लेढुङ्गा, पोखरामा थप ३ वटा आधुनिक बैंकिङ्ग शाखाहरु सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ ।

कमेन्टहरु
Loading...