टिभिएस एक्सचेञ्ज क्याम्पमा ५३ मोटरसाइकल एक्सचेञ्ज

पोखरा, १४ पुस/पोखरामा टिभिएस मोटरसाईकलको एक्सचेञ्ज क्याम्प सम्पन्न भएको छ । टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिको आयोजनामा पुस ११ गतेदेखी १३ गतेसम्म भएको ३ दिने एक्सचेञ्ज क्याम्पमा ५३ वटा मोटरसाईकल तथा स्कुटरहरु साटफेर भएको बतास व्रदर्श टिभिएस युनिटका विक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।

यस क्षेत्रमा विक्री प्रवद्र्धन गर्ने कम्पनीको उदेश्य अनुसार भएको एक्सचेञ्जमा ग्राहकहरुको उल्लेखनिय सहभागिता भएको र बजार विस्तार गर्न सफल भएको पोखरेलको भनाई छ। “टिभिएस एउटा स्थापित व्राण्ड हो। आम ग्राहकवर्गहरुलाई समयसापेक्ष रुपमा नयाँ नयाँ मोडलहरु बजारमा ल्याउने र विक्री वढाउन हामी सफल भयौँ”, पोखरेलले भने,“प्रवद्र्धनात्मक कार्यहरुलाई आगामि दिनमा पनि निरन्तरता दिन्छ्रौँ” ।

एक्सचेञ्जमा टिभिएस व्राण्डको अपाचे आरटिआर २०० फोर भि र टिभिएस ओइगो सवैभन्दा वढि ग्राहकको रोजाईमा परेको वताईन्छ । नेपालमा टिभिएस व्राण्ड शंकर गुप्र अन्तर्गतको जगदम्वा मोटर्स प्रालिले विक्री गर्दै आएको छ ।

कमेन्टहरु
Loading...