मोबाइल टावरमा फेस्टिबल अफर

66

पोखरा, १५ असोज/ पोखराको केन्द्र महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरले दसैं, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी फेस्टिबल अफर

सार्वजनिक गरेको छ । यो अफर भदौ १५ देखि कात्तिक महिनाभर कायम रहनेछ । टावरको सञ्चालक पोखरा टावर प्रालिका अध्यक्ष देवबहादुर

श्रेष्ठले यो अवधिमा जुनसुकै सामान किन्दा पनि विशेष छुट दिइने बताए । उनले भने, ‘चाडपर्वको उमंगमा अझ रौनक थप्न स्किम ल्याएका हौं ।’

अफर अन्तर्गत हरेक दिन लक्की ड्रमार्फत १ जनालाई मोबाइल सेट र ३ जनालाई भित्ते घडी दिइनेछ । टावरमा सामान खरिद गर्दाका कुपनहरु

समावेश गरी मंसिर ३ गते बम्पर उपहार खोलिने पोखरा टावर सञ्चालक समिति सचिव नारायण सुवेदीले जानकारी दिए । बम्पर पुरस्कार विजेताले

स्कुटर पाउनेछन् ।

यो ५ तले आधुनिक भवनमा सबैजसो कम्पनीका मोबाइल होलसेल तथा खुद्रा पसल छन् । ८० वटा मोबाइल पसल रहेको टावरको अन्डरग्राउन्डमा

टावरका ग्राहकका लागि पर्याप्त र निशुल्क पार्किङको व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको

आधिकारिक डिलर, मोवाइल पाट्सका समेत पसल छन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...