पोखरामा जारी मोबाइल मेला ४ दिन थप

पोखरा, २७ भदौ/ गण्डकी प्रदेशकै ठूलो मोबाइल बजार पोखरा मोबाइल टावरमा जारी मोबाइल मेला ४ दिन

थपिएको छ । भदौ १७ बाट सुरु भएको मेला भदौ २७ सम्म ११ दिन गर्ने तय भएको थियो । पोखराको

महेन्द्रपुलको मोबाइल टावरमा भएको मेलामा ग्राहकका अभूतपूर्व सहभागिताले मेला अवधि थपिएको

प्रचारप्रसार संयोजक नारायण सुवेदीले बताए ।

एउटै भवनबाट मोबाइलसम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालिले यो बजार

सञ्चालन गरेको हो । ११ दिनमा ९० लाख कारोबार भएको सुवेदीले जानकारी दिए । टावरमा सम्पूर्ण ब्रान्डका

मोबाइलको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले मोबाइल किन्न, बनाउन, जानकारी लिने उपयुक्त गन्तव्य

पोखरा मोवाइल टावर बनेको उनको भनाइ छ ।

टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा

५० प्रतिशतसम्म छुट दिइएको छ । हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको

अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने पोखरा टावरका अध्यक्ष उदय केसी लाहुरे दाइले बताए । मेलाकै

सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहार स्कुटर प्रदान गरिनेछ । ग्राहकका लागि निःशुल्क

र प्रशस्त पार्किङको सुविधा रहेको टावरमा वाइफाइ निःशुल्क छ ।

कमेन्टहरु
Loading...