पोखरामा मोवाईल मेला सुरु

पोखरा २ चैत्र /पोखराको पृथ्वीचोकस्थित पोखरा विजनेश कम्पलेक्समा बिहीबारदेखि दोश्रो संस्करणको मोवाईल तथा ईलेक्ट्रोनिक्स मेला शुरु भएको छ । मेलाको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ४ उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीव बहादुर कोईरालाले उद्घाटन गरे ।

कोइरालाले व्यवसायीहरुका साझा समस्याहरुको तथ्याङ्क शंकलनको कार्य जारी रहेको जानकारी दिए । हरेक व्यक्तिको पहिलो आवस्यकता मोवाईल बनिसकेको बताउँदै कोइरालाले व्यवसाय प्रर्वद्धनमा मेला महोत्सवको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा घरभाडा सरोकार समितिका अध्यक्ष यमनाथ कडेल, पोखरा ईलेक्ट्रोनिक्स व्यवसायी समितिका श्रीप्रसाद घले लगायतले मेला सफलताको शुभकामना व्यक्त गरे ।

मोवाईल तथा ईलेक्ट्रोनिक्स क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिको प्रर्दशनी र विक्रिका लागि आयोजित उक्त मेलामा २० भन्दा बढी मोवाईल ब्राण्डको प्रर्दशनी गरिनुका साथै नयाँ प्रवधियुक्त ईलेक्ट्रोनिक्स सामाग्रीहरु विक्री समेत गरिने मेला संयोजक नवराज बरालले बताए । मेलामा प्रवेश निशुल्क गरिएको छ ।

मेला अवधिभर कम्पलेक्समा पुग्ने ग्राहकहरुका लागि पुराना मोवाईलसंग नयाँ मोवाईल साटेफेरको सुविधा, नयाँ मोवाईल खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छुट पाउनेछन् भने दैनिक ५ जनालाई लक्की ड्र मार्फत आकर्षक उपहारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मेलाको अन्तिम दिनमा १ जना भाग्यशाली दर्शकका लागि फोर जि स्मार्ट फोन उपलब्ध गराईनेछ ।

मेलामा मोटोरोला, सामसुङ, मेईजु, कलर्श, लाभा, ओप्पो, माईक्रोम्याक्स लेनोभो, राईट लगायत ब्राण्डका मोवाईल कम्पनीहरुका स्टलहरु पनि रहने नेपाल मोवाईल डिलर्श एसोसियसनका अध्यक्ष शिवराज पहारीले जानकारी दिए । मेलाको पहिलो दिन विहिबार करिब १ हजार दर्शकहरुले मेला अवलोकन गरेको आयोजकको दावी छ ।

चैत्र १० गतेसम्म चल्ने मेलामा १ करोड भन्दा बढिको कारोबार हुने र २५ हजार भन्दा बढी दर्शकले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलालाई नेपाल मोवाईल वितरक संघ र पोखरा इलेक्ट्रोनिक्स डिलर एसोसियसनको सहयोग गरेको छ । मेलाको मुख्य प्रायोजकमा मोटोरोला मोबाईल रहेको छ भने सह प्रायोजकमा सिजि र मेईजु रहेका छन् ।

कमेन्टहरु
Loading...