पोखरामा ‘मिनिसो’को अर्को शोरुम खुल्यो

पोखरा, १२ वैशाख/बिनायक ट्रेडिङ इन्टरनेशनल प्रालि पोखराले विश्व प्रशिद्ध जापानिज ब्राण्ड ‘मिनिसोे’को पोखरामा अर्को शोरुम सञ्चालनमा ल्याएको छ । प्रालिले पोखराको न्यूरोडस्थित भाटभटेनि सुपर मार्केटको आडमा दोश्रो शोरुम शुरु गरेको छ । न्यूरोड शाखामा २ करोडको लगानी भएको छ ।

१५ जनालाई प्रत्यक्ष रोगजारी दिइएको छ । पोखरामा मिनिसोका सामानहरु युवायुतीहरुको विशेष रोजाई परेकाले अर्को शाखा खोल्न प्रेरणा मिलेको विनायक सुपर मार्केट एवं मिनिसोका प्रबन्ध निर्देशक प्रविणकुमार पालिखेले बताए ।

यसअघि पहिलो चरणमा चिप्लेढुंगामा शोरुम खुलेपछि न्युरोड र लेकसाइडमा बिस्तार गरिने पालिखेले बताएका थिए । ‘यो ब्राण्डप्रति पोखराका युवाहरुको निकै आकर्षण देखियो,’ पालिखेले भने, ‘माग बढेकाले छिट्टैनै अर्को शाखाको शुरुवात गरेका हौं ।’

शाखाको औपचारिक उद्घाटन आगामी शुक्रबार मिस नेपाल इन्टरनेशनल २०१२ शुभेच्क्षा खड्काले गर्ने बताइएको छ । पोखरामा बिगत ३० वर्षदेखि बिनायक सुपरमार्केट सञ्चालन गर्दै आएको बिनायक ग्रुपले उक्त ब्राण्डलाई पोखरा भित्र्याएको हो । मिनिसोका दैनिक उपभोग्य सम्पूर्ण सामान पोखराका दुई ब्राण्डबाट करिब ९ हजार प्रकारका सामानहरु बिक्री हुने निर्देशक प्रतिस पालिखेले बताए ।

१ सय २९ रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मका सामान शोरुमबाट बिक्री हुने निर्देशक पालिखेले जानकारी दिए । कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान शोरुममा उपलब्ध हुने छन् । उच्च स्तरीय जापानिज ब्राण्ड, सुपथ मूल्य लगायतका विशेषता मिनिसोका सामानमा रहेको उनको भनाई छ ।मिनिसो ब्राण्डको काठमाडौंको दरबारमार्ग, जावलाखेल, सुन्धारा, चाबहिल र नयाँ बानेश्वरमा शाखा छन् ।

कमेन्टहरु
Loading...