राष्ट्रिय औद्योगिक ब्यापार मेलाको सम्पूर्ण तयारी पूरा

पोखरा २१ मंसिर । पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा विहिवारदेखि सुरु हुने राष्ट्रिय औद्योगिक ब्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको भएको छ । आयोजक पोखरा उद्योग बाणिज्य संघले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी ब्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । मेलाको लागि गठित मुल आयोजक समिति र विभिन्न २८ वटा उपसमितिले आफ्नो तयारी पूरा गरेको संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । मेलामा स्टल निर्माण, बालउद्यान, मञ्च ब्यवस्थापन, कलाकारको छनौट तथा अन्य सबै तयारी पूरा भएको जनाईएको छ ।

राष्ट्रिय औद्योगिक ब्यापार मेलाको सम्पूर्ण तयारी पूरा
राष्ट्रिय औद्योगिक ब्यापार मेलाको सम्पूर्ण तयारी पूरा

मंसिर २३ देखि पुस ४ गतेसम्म सञ्चालन हुने मेलाको मुख्य आकर्षणमा यो बर्ष एक लाख पुरस्कार राशीको गायन तारा प्रतियोगिता एबं अन्तर्राष्ट्रिय स्तरका रेस्लरहरुको रेस्लिङ प्रदर्शन रहने छ ।यो पटकको मेलामा समावेश गरिएको पिसिसिआई गायन तारामा प्रथम हुनेले नगद १ लाख र द्धितीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछ । मेलामा लोकदोहोरी, फेसन सो, बडि बिल्डिङ, अन्तर्राष्ट्रिय स्तरका रेस्लरहरुको रेस्लिङ प्रदर्शन, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, स्थापित हाँस्य कलाकारहरुको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत समावेश गरिएको छ ।

राष्ट्रिय औद्योगिक ब्यापार मेलाको सम्पूर्ण तयारी पूरा
राष्ट्रिय औद्योगिक ब्यापार मेलाको सम्पूर्ण तयारी पूरा

लगानीको सम्वद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेला पश्चिमाञ्चल क्षेत्रमा ब्यवसाय बिस्तारको संभावनाको खोजी गर्ने उदेश्यमा समर्पित रहने आयोजकको दावि छ । मेलामा अत्याधूनिक डोममा निर्मित विशेष प्रकारका ७८ वटा स्टल सहित २९५ स्टल रहने आयोजकले जनाएको छ ।मेलामा रेष्टुरेन्टका १३, अटोको ५३, मेड इन नेपालमा १० र हस्तकलाका २५ फ्लोरिकल्चरको ४ गरी ११२ साधारण स्टल रहनेछन् ।मेला अबधिभर झण्डै ३ लाख दर्शकहरुले मेलाको अवलोकन गर्ने अनुमान छ । मेला सम्पन्न गर्न ९० लाख रुपैया खर्च हुने र झण्डै एक करोड १० लाख रुपैया आम्दानी गरी २५ लाख रुपैया वचतको अपेक्षा गरिएको छ ।

नेपाल सरकारले २०७३ लाई घुमफिर वर्ष घोषणा गरेको सन्दर्भमा नेपाल पर्यटन वोर्डसँगको सहयोग तथा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको आयोजनामा संघले मेला सुरु हुने अघिल्लो दिन बुधवार ‘पश्चिमाञ्चल क्षेत्रको पर्यटन विकासका सम्भावना ’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ ।पर्यटन प्रवद्र्धनको लागि मंसिर २६ गते पोखरामा रहेका विदेशी पर्यटकहरुलाई मेलाको अवलोकन गराउने कार्यक्रम तय भएको अध्यक्ष पालिखेले जानकारी दिए । मेलाको पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्ने महासचिव दामु अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...