मेगा सहकारीमा धु्रवराज चालिसे

पोखरा, २ मंसिर/ “हाम्रो मेगा हाम्रो आधार, मेगा बचत नै उन्नतिको पूर्वाधार”को उद्धेश्य सहित स्थापित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोड पोखराको आठौं वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशन शनिबार पोेखरामा सम्पन्न भयो ।

पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले साधारणसभाको उद्घाटन गर्दै सहकारीले शेयर सदस्यहरूलाई आर्थिक कारोबारमा सहजीकरण गर्दै उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने बताए ।

एउटै वडामा धेरै सहकारी भएकाले मर्जरमा जाने नीति अख्यिार गर्दा सहकारी लामो समयसम्म टिक्ने कुरामा जोड दिए । बरालले विदेशी श्रमबजारमा जाने युवालाई रोकी कृषिजन्य उत्पादन मार्फत् उद्यमशिलता सुरु गर्न आग्रह गरे ।

अधिवेशनले सर्वसम्मत रूपमा सामाजिक अभियन्ता धु्रवराज चालिसेलाई अध्यक्षमा चयन गरेको छ । सात सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्रप्रसाद शर्मा, सचिव केशव काफ्ले, कोषाध्यक्ष श्रीमती सबि श्रेष्ठ साथै सदस्यहरूमा रामेश्वर अधिकारी, दिलिपकुमार श्रेष्ठ, र विजय बजगाईं रहेका छन् । लेखा समिति संयोजकमा नेत्रनारायण पौडेल, सदस्य सुजन प्रधान र तारानाथ पहारीलाई चयन गरेको छ ।

साधरणसभामा संस्थाका अध्यक्ष धु्रवराज चालिसेले भावी योजनासहितको प्रगति विवरण र लेखा समितिका कार्यवाहक संयोजक सुजन प्रधानले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदनका साथै संस्थाको विनियम संशोधन साधारणसभाले अनुमोदनसहित पारित गरेको छ ।

प्रस्तुत गरिएका प्रतिवेदनमाथि शेयर सदस्य विक्रम पन्त, गुमानसिंह गुरुङ, रुद्रमणि ढुङ्गाना, हेमन्त अधिकारी, कृष्णकान्त सापकोटा र कोपिला श्रेष्ठले टिप्पणी गरेका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत अनुराग श्रेष्ठले जवाफ र जानकारी दिएका थिए ।

कार्यक्रममा युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष प्रकाशदेव पालिखे, संस्थापक अध्यक्ष टंकप्रसाद अधिकारी, सल्लाहकार काशीनाथ काफलेले शुभकामना मन्तव्य दिदै संस्थाको प्रगति र उन्नतिमा सबै सदस्यहरूले चिन्तन गर्नुपर्ने बताए ।

साधारणसभाले निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधिको रूपमा कृष्णकान्त सापकोटा र कोपिला श्रेष्ठलाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष धु्रवराज चालिसेले मेगाको समग्र स्तरोन्तीका लागि आगामी दिनमा देखिने खालको सकारात्मक परिवर्तन गर्ने र कर्मचारीहरूको क्षमता अभिवृद्धिमा जोड दिने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्टहरु
Loading...