गण्डकी र मेगा बैंकको साधारणसभा, असार मसान्तसम्म एकीकृत कारोबार

पोखरा, २१ जेठ/ गण्डकी विकास बैंक र मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको असार मसान्त सम्ममा एकीकृत कारोबार गर्ने निर्णय गरेका छन् ।

दुवै बैंकले बुधबार छुट्टाछुट्टै विशेष साधारणसभाले त्यस्तो निर्णय गरेको हो । मेगाको साधारणसभाले गण्डकी विकास बैंकलाई १ः१ शेयर आदान प्रदान अनुपातमा प्राप्ती गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

गण्डकी विकास बैंकको साधारणसभाले पनि मेगाले प्राप्ती गर्ने प्रस्तावलाई स्वीकृत गरेको गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

मर्जरपछि मेगा बैंक लिमिटेड नामबाटै कारोबार हुनेछ । मर्जरपछि बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।

कमेन्टहरु
Loading...