पोखराको आर्थिक आधार पर्यटन र कृषिः उपप्रमुख गुरुङ

पोखरा, ८ जेठ /पोखरा लेखनाथ महानगरपालिका उप–प्रमुख मञ्जुदेवी गुरुङ पोखराको आर्थिक आधार पर्यटन र कृषि क्षेत्र भएको बताएकी छन् । गोर्खा वयलफेयर ट्रष्टले मंगलबार पोखरामा अयाोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटकीय क्षेत्रहरुको विकास र कृर्षिको आधुनिकिरण तथा ब्यवसायीकरण गर्नुपर्नेमा जोड दिइन् ।

उनले पोखरा महानगरपालिकालाई उत्कृष्ट महानगर बनाउने योजना रहेको बताउदै आफु हिजो जनुसुकै पार्टीको उम्मेदवार भएपनि निर्वाचित भएपछि साझा ब्यक्तिका रुपमा रहेको बताइन् । ‘म हिजो जनु पार्टीको भएपनि अव साझा ब्यत्ति हुँ, निष्पक्ष र निस्वार्थ रुपमा पोखराको विकासका लागी काम गर्नेछु ।’ उपप्रमुख गुरुङले निर्वाचित भएको एक वर्ष सोचेजति काम गर्न नसकेको स्वीकार गरिन् ।

उनले नयाँ ब्यवस्था, ऐनकानुको अभाव, पूर्वाधारको असभाव र कर्माचारीतन्त्रले लामो समय संचालन गरेको स्थानियत तहमा जनप्रतिनिधिसंग तालमेल नमिल्दा काम गर्न केही अप्ठ्यारो र समस्या भएको बताइन् । उनले कर्मचारीको समायोजन हुननसक्दा पनि अपेक्षाकृत काम गर्न कठिन भएको बताइन् । राजस्व परामर्श समितिका संयोजक समेत रहेकी उपप्रमुख गुरुङले महानगरपालिकाले राजस्व संकलनमा सफलता प्राप्त गरेको बताइन् । ‘अहिले सम्म ८० प्रतिशत राजस्व संकलन भएको छ, हामीले लक्ष्य अनुसार संकलन गर्न सफल भएका छौ ।’

उनले जनप्रतिनिधि आएपछि फोहोरमैला र छाडा चौपाया ब्यवस्थापनमा सुधार आएको बताउदै अझै चुनौतीको रुपमा रहेको बताइन् । उनले महानगरलाई स्मार्ट शहर बनाउने अभियान सुरु भएको र स्वच्छ पिउने पानीको लागी फिनल्याण्डसंग छलफल भैरहेको बताइन् । उनले राजनीति देशको मुल नीति भएकाले सवैले चासो राख्नुपर्ने बताउदै गोरर्खा सैनिकहरुको अनुभव र क्षमतालाई उपयोग गर्ने बारे महानगर सकरात्मक रहेको बताउदै पोखराका विकासमा रचनात्मक सहयोग र सुझाव दिन उपप्रमुख गुरुङले आग्रह गरिन् ।

कमेन्टहरु
Loading...