मनाङको सारिबुङमा अलपत्र परेका पर्यटकको उद्धार हुदै

सागर राज तिमिल्सिना
पोखरा, १ जेठ /अन्नपूर्ण क्षेत्रको हिमाली भेगमा अलपत्र परेका दुई विदेशी सहित २० जनाको नागरिकको उद्धार भइरहेको छ । मुस्ताङ र मनाङको सिमाना सारिबुङ क्षेत्रमा अलपत्र परेका उनीहरुलाइ उद्धार गरेर सुरक्षित ठाउँमा ल्याउने काम भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
अप्ठेरोमा परेकामध्ये १२ जनालाई अहिले मनाङको फु गाउँमा ल्याइएको शर्माले बताए । करिब ५९ सय मिटर उचाईमा अलपत्र परेका पर्यटक सहितको समुहलाई ५ हजार मिटर हुँदै ३ हजार मिटर उचाईको फु गाउँमा ल्याउने काम भइरहेको उनले बताए ।

अलपत्र पर्नेमा दुईजना जर्मन नागरिक र उनीहरुका १८ जना नेपाली सहयोगी रहेका छन् । शर्माका अनुसार जर्मन नागरिक टोबिएस ग्रोइनन, ४८ र उनकी श्रीमति गुर्टन इंग्रीट्जीएरमन, ४४ रहेका छन् । स्वदेशीको नाम अझै खुलेको छैन । सारिबुङ नाका पास गरेर बेसक्याम्पका अस्थायी शिविरमा बसेको बेला हावाहुरी आएर उनीहरुको टेन्ट सहित बन्दोबस्तीका सामान उडाइ दिएको थियो ।

कमेन्टहरु
Loading...