माछापुच्छे« बैंकको राहत पोखरा १४ का पहिरो पीडितलाई

पोखरा, २ असोज /पोखराका हरेक क्षेत्रमा संचालित माछापुच्छे« बैंक लि.को बगर शाखाले समाजप्रति उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ र उपशाखा १४ को व्यवस्थापनमा प्रगतिटोल विकास संस्था पोखरा १४ रातोमाटाडाँडा सुकुम्बासीटोल पिडितलाई सहयोग गरेको छ । ३२ घरमध्ये घरबार विहिन भएका २४ घर परिवारलाई राहत वितरण गरेको हो ।

गत भदौ २२ गते राति परेको अविरल वर्षाका कारण विजयपुर खोलातर्फ बसोबास गरेका डाँडाका सुकुम्बासीहरुलाई अचानक डाँडाको माटो बगी २४ घरमा क्षति पु¥याएको र अन्यघरहरुमा सामान्य क्षति पुगेको प्रत्यक्ष निरीक्षण गरी प्रत्येक घरलाई चालम २० केजी, दाल २ केजी, नुन १ पोका, चिनी २ केजी, तेल १ लि र सोयाविन मस्यौरा आधा केजीका दरले करीब ६० हजार बराबरको राहत वितरण गरिएको उपशाखा १०, ११ का सहकोषाध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा घरबार विहिन सुकुम्बासी राजु नेपालीले हामी पोखराका सुकुम्बासी मध्ये वास्तविक सुकुम्बासी भएको र हामीले सहरबजारमा नभई यस्ता डाँडा भिरालो जमिनमा आफ्नो बासस्थान बनाई दिनभर ज्यामी काम गरी आश्रय लिने घर बनाई बसेकोमा २२ गतेको वर्षाले घरबार विहिन बनाई दिएको र नेपाल सरकारले हामीजस्ता सुकुम्बासीको पहिचान गरी अन्यत्र कतै यस्ता जग्गा मिलाई बस्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

माछापुच्छे« बैंक बगर शाखाका शाखा प्रबन्धक निलम गौतमको अध्यक्षतामा राहत वितरण गरिएको उक्त कार्यक्रममा शाखा प्रबन्धक निलम गौतमले वित्तीय संस्था भए पनि समाजप्रति उत्तरदायित्व हुनु पर्छ भनि समाजप्रति उत्तरदायित्व कार्यक्रम मार्फत रेडक्रस जस्ता मानवीय सेवामा लाग्ने संस्थासँग समन्वय गरी घरबार विहिन सुकुम्बासी क्षेत्रमा सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा १४ घर परिवारलाई बैंकको बगर शाखाबाट ३५ हजार र १० घर परिवारलाई उपशाखा १०, ११ बाट २५ हजार बराबरको राहत वितरण गरिएको थियो । उक्त अवसरमा बैंक बगर शाखाका सोम गुरुङ्ग, अनन्तराज पाण्डे, सुभद्रा पौडेल र उपशाखा १०, ११ का जीवन श्रेष्ठ, नरहरि पनेरु, धनमाया गुरुङ्ग, यामकुमारी ढकाल, नलु गुरुङ्ग र उपशाखा १४ का कमला रानाभाट, वडा प्रहरी कार्यालय रामबजारका प्रतिनिधि सुशील घिमिरे र प्रगति टोलका प्रतिनिधि मसिना बस्याल र आमा समूहका सचिव सम्झना भट्टराईको उपस्थिति रहको थियो ।

उक्त अवसरमा उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठ, उपशाखा १४ का सचिव पदम बहादुर कार्की लगायतले जोखिम मुक्त क्षेत्रमा बसोबास गर्नुपर्ने सझुाव दिनुहुँदै थप राहतको लागि सम्बन्धित निकायमा पहल गर्ने बताउनुभएको थियो । कार्यक्रमको संचालन विकास श्रेष्ठले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...