लुम्बिनी बैंकको लेकसाइड शाखा डिहिकोपाटनमा

पोखरा, २८ फागुन/लुम्बिनी विकास बैंकको लेकसाइड शाखा डिहिकोपाटन चोकमा स्थानान्तरण भएको छ । लेकसाइडको लक्ष्य पाटनमा रहेको शाखा ग्राहकको सुविधाका लागि मंगलबारबाट डिहिकोपाटन सारिएको बैंकले जनाएको छ ।

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले शाखाको मंगलबार उद्घाटन गरे । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दानसिंह बोहरार पोखरा– ६, का वडाध्यक्ष जगतबहादुर पहारीले शुभकामना व्यक्त गरे ।

बैंकका अध्यक्ष सुशीलराज पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सिइओ नरेशसिंह बोहराले गरेका थिए । बैंकले विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, इबैंकिङ लकर लगायत आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

हाल काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले मुलुकका विभिन्न जिल्लाका ६५ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

कमेन्टहरु
Loading...