लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

पोखरा, २६ असार/लुम्बिनी विकास बैंकले स्थापनाको १२ औं वर्ष बुधबार विभिन्न कार्यक्रम गरी मनाएको छ । काठमाडांै डिल्लीबजारस्थित केन्द्रीय कार्यालय हातमा भएको कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् ।

रक्तदान जीवनदान भन्ने भावनालाई आत्मसात गर्दै रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ । यसैगरी वर्षिकोत्सवकै अवसर पारेर पोखरा महानगरपालिका–२८ आर्दश चोकस्थित अपांग मैत्री समाज कास्कीलाई २५ थान सेतो छडी वितरण समेत गरिएको छ ।

दुष्टिविहीनलाई आतेजाते सहज होस भनेर छडी प्रदान गरिएको हो । ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले मुलुकभर ६५ शाखा र १३ टिएमबाट२ लाख ४० हजार ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

बैंकले चैत मसान्तसम्म २४ अरब ३५ करोड निक्षेप संकलन गरी २२ अरब ३६ करोड कर्जा प्रवाह गरेको छ । उक्त अवधिमा ५३ करोड ९७ लाख सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको डेबिट काडर्, नेपाल भित्रको कुनै पनि भिजा नेटवर्कमा निशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

कमेन्टहरु
Loading...