लुम्बिनी विकास बैंकले पोखरामा राहत वितरण

पोखरा, २३ वैशाख / लुम्बिनी विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका १५ मा राहत वितरण गरेको छ । कोरोना भाइरकाका कारण भएको लकडाउनका कारण अप्ठेरोमा परेकाहरुलाई राहत वितरण गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत पोखरा १५ मा रहेका ठाँटीपाटन, गैरीखेत, फलेपाटन, हरियालीमार्ग एवं रामबजार क्षेत्रमा बसोबास गर्ने दैनिक ज्यालादारिमा काम गर्ने अति न्युन आए भएका श्रमिक, अपाङ, अशक्त एवं सुकुम्वासी बस्तीमा बसोबास गर्ने १ सय ३० घरधुरिका घर परिवारहरुलाई राहत वितरण गरेको हो ।

१ लाख ५० हजार बराबरको चामल, तेल, नुन, दाल लगाउतका खाद्य सामग्री वितरण गरेको लुम्विनी विकास बैंकका रामबजार शाखाका शाखा प्रबन्धक विक्रम गिरीले जानकारी दिए । पोखरा १५ को वडा कार्यालय र टोल विकास संस्था मार्फत वितरण गरेको उनले बताए ।

राहत वितरण कार्यक्रममा पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेल, लुम्विनी विकास बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल, बैंका पुर्व अध्यक्ष शुसिलराज पराजुली, रामबजार शाखा शाखा प्रबन्धक विक्रम गिरी लगाएतले वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...