नदीमा पानी बढेपछि शुक्रबार देखि दैनिक एक घण्टा लोडसेडिङ घट्ने

काठमाडौ, ६ जेठ/लोडसेडिङ खेप्दै आएका विद्युतका उपभोक्तालाई शुक्रबार देखि केही राहत पुग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार देखि लागु हुनेगरी दैनिक एक घण्टा लोडसेडिङ घटाउने तयारी गरेको छ ।

एक घण्टा घटेपछि अब दैनिक १० घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले बुधबार दैनिक एक घण्टा लोडसेडिङ निर्णय गरेको हो । शुक्रबार देखि नयाँ तालिका अनुसार लोडसेडिङ हुनेछ ।

नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भए पछि लोडसेडिङ घटाउने तयारी गरेको हो । विद्युत उत्पादन केही बढेको कारण दैनिक एक घण्टा लोडसेडिङ घटाउन लागिएको प्राधिकारणले जनाएको छ ।

कमेन्टहरु
Loading...