बढ्दो ब्याजदर घटाउन लेखनाथ उद्योग वाणिज्य संघको माग

लेखनाथ, २४ माघ /बैंकले ब्याजदर बढाएको प्रति निजी क्षेत्रले आपत्ती जनाउने क्रम थपिएको छ । बैंकको बढ्दो ब्याजदर घटाउन लेखनाथ उद्योग वाणिज्य संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै माग गरेको छ ।

संघले बढ्दो ब्याजदर तत्काल घटाउन बैंकहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष कृष्णहरि भण्डारीद्वारा जारी विज्ञप्तिमा बैंकहरुको बढ्दो ब्याजदरले नयाँ लगानीलाई निरुत्साहित गरेको तथा पुराना व्यवसायीहरुलाई धान्नै कठिन भएको उल्लेख छ ।

निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत बढ्न गएकाले तत्काल घटाउनु पर्ने माग गरेको छ ।

कमेन्टहरु
Loading...