लक्ष्मी लघुवित्तद्धारा अन्नपूर्ण गाउँपालिकाको क्वारेन्टाइन ब्यबस्थापनमा सहयोग

पोखरा, २ असार / लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय ढिकुरपोखरी कास्कीले अन्नपूर्ण गाउँपालिकाको कोराना संक्रमण नियन्त्रण कोष व्यवस्थापन समितिलाई सहयोग गरेको छ ।

मंगलबार व्यवस्थापनका लागि दश हजारको चेक हस्तान्तरण गरेको हो। शाखाका शाखा प्रमुख मनिष ढकालले गाउँपालिका अध्यक्ष युवराज कुँवरलाई हस्तान्तरण गरेका थिए ।

यस अगाडि संस्थाले सात वटै प्रदेशमा दुई लाखको दरले रु चौध लाख कोराना संक्रमण नियन्त्रण कोषमा सहोग गरेको थियो । हाल सबै शाखा कार्यलय मार्फत स्थानीय तहमा पुनः सात लाख कोराना संक्रमण नियन्त्रण कोषमा जम्मा गरेको छ । यो सँगै देश भर संस्थाले कुल एक्काइस लाख कोराना संक्रमण नियन्त्रण कोषमा जम्मा गरेको छ।

शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही भएपनि कोरानाबिरुद्धको लडाइमा एक्यबद्धता जनाउन पाएकोमा निकै खुशी भएको शाखाका शाखा प्रमुख मनिष ढकालले बताए । सहयोग प्रति गाउँपालिका प्रमुख युवाराज कुँवरलेले सहयोग सानो ठुलो नभई महामारीको समयमा सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

संस्थाले शाखा कार्यालय अन्तर्गत आफ्ना ग्राहक सदस्यहरुलाई सुरक्षित रहन र संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई चैत्र महिना भित्र बुझाएको कर्जाको ब्याजमा दश प्रतिशत छुट र असार मसान्त सम्म तीन प्रतिशत छुट दिइरहेको बताए ।

कमेन्टहरु
Loading...