लक्ष्मी हुन्डाईद्वारा प्रहरीलाई २५ वटा ड्यास क्यामरा सहयोग

पोखरा, ३ पुष/हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जिल्ला प्रहरी कार्यालय कास्कीलाई २५ वटा क्यामरा सहयोग गरेको छ । वार्षिकोत्सवको पूर्व सन्ध्यामा प्रालिले एक कार्यक्रमका बीच आइतबार क्यामरा सहयोग गरेको हो ।

प्रालिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बमलाई क्यामरा हस्तान्तरण गरेका हुन्् । क्यामरा प्रहरीको गाडीमा जडान गरिनेछ । क्यामरा गाडीको वाइन्डस्क्रिनको भित्री भाग वा ड्यासबोर्डको माथिल्लो भागमा जडान गर्न सकिनेछ । करिब ४ लाख रुपैया परेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘क्यामराले दुर्घटनाको प्रमाण दिनुका साथै ट्राफिक नियम उल्लंघन र बिमा ठगीहरु नियन्त्रण गर्न सघाउँछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘ट्राफिक व्यवस्थापनमा सघाउने गरी हामीले प्रहरीलाई क्यामरा सहयोग गरेका हौं ।’ संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा प्रहरीलाई क्यामरा सहयोग गरिएको प्रालिका निर्देशक सुनिल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले ट्राफिक व्यवस्थापनमा क्यामराले सहयोग पुर्याउने बताए ।

कमेन्टहरु
Loading...