लक्ष्मी हाउसको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

पौष ५, पोखरा /लक्ष्मी हाउस पोखराले शुक्रवार पोखरामा आयोजना गरेको कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । लक्ष्मी ग्रुपले ४० वर्ष पुरा गरि ४१ वर्षमा प्रवेश गरेको अवसर पारि रक्तदान कार्यक्रम आयोजना गरिएको हो । यस अघि पहिलो रक्तदाता गोपाल तिमिल्सीनालाई ब्लड ब्याग हस्तान्तर गर्दै हाउसका अध्यक्ष गणेश बहादुर श्रेष्ठले प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो ।लक्ष्मी हाउस मानव संसाधन विभाग प्रमुख श्याम मल्लले रक्तदानको महत्वबारे चर्चा गर्नुभएको थियो । लक्ष्मी हाउसले गत वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो । क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्टहरु
Loading...