कोरोना राहत कोषमा पोखराको लक्ष्मी ग्रुपको १ करोड

पोखरा, १२ चैत / पोखराको औद्योगिक घरना लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गरेको छ ।

सरकारले स्थापना गरेको कोषलाई लक्ष्मी हाउसको तर्फबाट १ करोड रुपैयाँ सहयोग गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमणको जोखिममा नेपाल समेत परेको सन्दर्भमा ग्रुपले सरकारलाई सहयोगको घोषणा गरेको हो ।

संकटको समयमा राज्यलाई साथ दिने उद्देश्यले सहयोग गरिएको कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...