लक्ष्मी आदर्शको महायज्ञमा ४५ लाख संकलन

लेखनाथ, ४ कात्तिक लेखनाथ – ७ अर्घाै÷शिशुवास्थित लक्ष्मी आदर्श शैक्षिक प्रतिष्ठान(लक्ष्मी आदर्श बहुमुखी क्याम्पस तथा लक्ष्मी आदर्श उच्च मावि)मा आयोजित श्रीमद्भागवत महापुराण तथा पितृउद्वार ज्ञान महायज्ञ आइतबार पनि जारी रहेको छ। महायज्ञमा आइतबारसम्ममा ४५ लाख रुपैया संकलन भएको प्रचार प्रसार समितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए।

महायज्ञमा आइतबार विद्यालयका शिक्षक, कर्मचारी, आमा समुह र टोल विकास संस्थाले दान गरेका थिए। प्रतिष्ठानको दिगो व्यवस्थापनका लागि महायज्ञ आयोजना गरेका हौ महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष नन्दबहादुर गुरुङले भने – शैक्षिक क्षेत्रको विकासका लागि सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौ । शैक्षिक तथा भौतिक विकास र दलित, अपाङ, अशक्त एवं जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोष स्थापना लगायतका उदेश्यले आयोजना गरिएको महायज्ञ कात्तिक
८ गतेसम्म चल्ने छ।

शैक्षिक विकासतर्फ बैज्ञानिक, प्राविधिक, व्यवसायीक र सिपमुलक शिक्षा, अग्रेजी माध्यममा पढाई, उच्च मावि तहमा विज्ञान संकाय र स्नाकोत्तर तह संचालन गर्नेसम्मको लक्ष्य लिइएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष बाबुराम जमरकट्टेलले बताए । उनका अनुसार भौतिक निर्माणतर्फ अधुरा भवन पुरा गर्ने, पुस्तकालय, विज्ञान प्रयोगशाला, शौचालय, कम्पाउण्ड वाल, खेल मैदान र विद्यालयको जग्गा व्यवस्थापनको योजना रहेको छ ।

महायज्ञमा सहभागिता जनाई आर्थिक सहयोेग गर्न आव्हान गर्दै स्थानीय क्षेत्रमा घर दैलो कार्यक्रमलाई जारी राखिएको छ। विहान, दिउँसो र साँझको समयमा ६ वटा समुहले घर दैलो गरिरहेका छन् । महायज्ञमा युवा पण्डित कमलनयन गौतम प्रमुख वाचक रहेका छन् भने महायज्ञको संचालन उद्घोषक नेत्रपाणी बाँस्तोलाले गरेका छन् । महायज्ञबाट पाँच करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको छ ।

कमेन्टहरु
Loading...