लेखनाथ महोत्सव शुरु, ‘बन्दको एजेण्डा अब बन्नुहुदैन’

सागर राज तिमिल्सिना /पोखरा, २७ मंसिर /‘बन्द अब राजनीतिक दलहरुको एजेण्डा बन्नु हुदैन् । एकवर्षभित्र संविधान निर्माण गरी आर्थिक मुद्धलाई अगाडि सार्नुपर्छ ।’ नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले लेखनाथ महोत्सवको अवसरमा भने—‘बन्दको एजेण्डा बन्दा सधै राजनीतिक अस्थिरताले आर्थिक पाटोलाई ओझेलमा पारिदियो । त्यसैले अब आर्थिक मुद्धालाई अगाडि सार्नुपर्छ ।’

laknathकास्कीका चार सभाषदले उदघाटन गरेपछि उपाध्यक्ष कर्णिकारले राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै भने—‘बन्दको राजनीतिले आर्थिक मुद्धा पछाडि परेका छन् । आर्थिक विकासलाई अबको एजेण्डा बनाउन नसकिए देशमा स्थापित उद्योगधन्दा धरासायी बन्दै जाने छ ।’ दोस्रो संविधान सभाबाट सभाषद बनेका चार सभाषदले आम कास्केलीबासिप्रति आभार जनाउ“दै एकवर्षभित्रमा संविधान निर्माण गर्ने दृढता व्यक्त गरे ।

‘हामी एकवर्षभित्रमा संविधान निर्माण गर्छौ ।’ सभाषदको एकै स्वरमा भनेका थिए—‘पोखरामा क्ष्ँेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि अग्रसर रहने छौं ।’ बिहीबारदेखि लेखनाथको भण्डारढीकमा शुरु भएको १० औं लेखनाथ महोत्सवमा उपस्थिति दर्शकलाई सम्बोधन गर्दै सभाषदहरुले भने—‘कास्कीको बृहत्तर विकासको लागि विशेष भूमिका खेल्ने छौं । पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्न आवश्यक पुर्वाधार निर्माणमा लागि पहल गर्ने छौं ।’

लेखनाथलाइ सात तालको बगैंचा शहरको रुपमा विकास गर्न र आन्तरिक पर्यनको बजारीकरणका साथै व्यवसायिक उत्पादन तथा निकासी र समग्र पोखरा उपत्यकाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले आयोजित महोत्सवमा तीनसय सय ७ स्टल राखिएको छ ।

महोत्सवमा कृषि, डेरी प्रर्दशनी, खाना महोत्सव, अट्टो, हस्तकला, मशेनरी, फुड एण्ड वेभरेज, साधारण गार्मेट र कर्पोरेटका स्टल रहेका छन् । महोत्सवका आकर्षणहरुमा औद्योगिक व्यापार मेला, हस्तकलाका समाना, दैनिक उपभोग्य एवम खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटीक तथा श्रृगारका सामानहरु विद्युतीय उपकरण, फर्निचर, भान्छामा प्रयोग हुने सामानहरु, शिक्षा स्वास्थ्य, खेलकुदका सामाग्री, सुचना प्रविधि, तथा संचार उपकरण, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधि छन् ।
तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा बाल उद्यान, म्यूजिकल कन्सर्ट, राष्ट्रिय लोक दोहोरी, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती, प्रतिभाको खोजी अन्र्तगत गायन विधामा गण्डकी तारा, लोक नृत्य तारापुञ्ज प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमलाई महोत्सवमा समेटिएको छ । किरा“तहरुको उधौली पर्वको अवसरमा पुष २ गते मिस किर“ँतको फाइनल प्रतियोगिता महोत्सवसमा हुने छ । कवि लेखनाथ पौड्यालको सम्मानमा कविता प्रतियोगिता गरिने छ । करिव ८५ लाख आम्दानी हुने र ७० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा २० करोडको कारोवार हुने आयोजकको भनाई छ ।

कमेन्टहरु
Loading...