दशौ लेखनाथ महोत्सबको तयारी पुरा (फोटो फिचर सहित)

गोकुल बानियाँ
पोखरा २५ मंसिर । बिहिबार देखि सुरु हुने १० औं लेखनाथ महोत्सबको तयारी पुरा भएको छ । आयोजक लेखनाथ उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गरी महोत्सबको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । मंसिर २७ देखि पुष ८ गते सम्म सञ्चालन चल्ने महोत्सबका सबै स्टल बुकिङ भैसकेको र आबश्यक भौतिक तयारी पनि सकिएको संघका अध्यक्ष एबं मेला संयोजक बाबुराम गिरीले बताए । मेलाको बिहिबार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैंद्यले महोत्सबको उद्घाटन गर्नेछन् ।

lakanath mahotsavमहोत्सबमा कृषि प्रदर्शनी, डेरी, खाना महोत्सव, अटो, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, साधारण, गार्मेन्ट र कर्पोरेट लगायतका ३ सय ७ स्टल रहने बताईएको छ । महोत्सव अबधिभर ३ लाख दर्शक भित्रने र १५ देखी २० करोड कारोबारको अपेक्षा गरिएको छ । महोत्सबबाट करिब ८५ लाख आम्दानी हुने र खर्च कटाएर १५ लाख बचत गर्ने लक्ष्य राखिएको प्रचार संयोजक भरतकुमार अधिकारीले बताए ।

महोत्सवको आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणको साथै पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी समेत समेटिएको संघले जनाएको छ । त्यस्तै एक गाउं एक उत्पादन कार्यक्रमद्धारा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध पदार्थ , तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनीलाई प्रथामिकतामा राखिएको र कृषीजन्य बस्तुको मात्र ५० स्टल रहने आयोजकको दाबि छ ।

महोत्सबमा स्थानीय प्रतिभाको खोजी अन्तरगत गण्डकी तारा गायन प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारवाट स्टेज सो, बाल उद्यान ,खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, शैक्षिक गतिविधिहरुको प्रस्तुती, विद्यालय स्तरिय लोकनृत्य तारापुञ्ज प्रतियोगिता, रितिरिवाज झल्कने सास्कृतिक महोत्सवलाई पनि समाबेश गरिएको छ । यस बर्ष किरात जातिको महत्वपूर्ण उधौली पर्बको अबसरमा आयोजित मिस किरातको फाईनल प्रतिश्पर्धा पनि महोत्सबमै समेटिएको छ । पुष २ गते मिस किरातको फाईनल प्रतियोगिता महोत्सब स्थलमै हुने संघले जनाएको छ ।

कबि शिरोमणी लेखनाथ पौडेलको जन्मथलो लेखनाथ आयोजित महोत्सबमा यस बर्ष कवि गोष्ठी एबं कबिता प्रतियोगिता समेत हुने भएको छ । मंसिर २९ गते हुने कबिता प्रतियोगितामा संकलित कबिता मध्य छनौटमा परेका २० कबिता प्रतिश्पर्धामा समाबेश गरिने साहित्यिक कार्यक्रम संयोजक ईन्जिनियर बसन्त मोहन भट्टराईले बताए । महोत्सबको मुख्य प्रायोजक कैलाश विकास वैंक र पशुपती पेन्टस सहप्रायोजक रहेका छन् । समग्र लेखनाथको प्रबद्र्धनको लागि २०६१ साल देखि निरन्तर महोत्सबको आयोजना गर्दै आएको छ ।

महोत्सब अबलोकनको लागि सर्बसाधारणलाई ५० र बिद्यार्थीको लागि ३० रुपैया टिकबटदर कायम गरिएको छ । महोत्सबबाट बचेको रकमले महोत्सव स्थल लेखनाथ १ भण्डारढिकको प्रस्तावित रंङशालालाई जग्गा व्यवस्थापनमा सहजीकरण हुने गरि सम्वन्धीत निकायहरुसंग समन्वय गरी पक्की कम्पाउण्डीङ्गको काम शुरुवात गरिने संघले जनाएको छ । तस्वीर ः सागर राज तिमिल्सिनाlakanath mahotsav (3) lakanath mahotsav (1) lakanath mahotsav (2)

कमेन्टहरु
Loading...