कोपिला सहकारीको बैंकिङ एप्स सुरु

पोखरा, ३ चैत/कोपिला सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई बैंकिङ कारोबारका लागि कोपिला एप्स शुरु गरेको छ । पोखरा–४ मा रहेको सो सहकारीले सो अवसरमा सहकारी प्रशिक्षण समेत ग¥यो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल र सहकारी अध्यक्ष सूर्यबहादुर जिसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा संस्थाका २ सय ५० जना शेयर सदस्यलाई कोपिला एप्स र सहकारीसम्बन्धी प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा एप्सका डेभलपर सुवाश आचार्यले शेयर सदस्यहरुलाई बैंकिङ सुविधासम्बन्धी प्रशिक्षण गराएका थिए भने सहकारीसम्बन्धी सहजीकरण सुदीप ढकालले गरेका थिए ।
संस्था अध्यक्ष जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य श्रीप्रसाद गौतमले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रम संचालन शिक्षा समिति संयोजक उपेन्द्रराज पोख्रेल र धन्यवाद ज्ञापन शिक्षा समिति सदस्य ठाकुरप्रसाद आचार्यले गरेका थिए।

कमेन्टहरु
Loading...