पोखरामा अन्तराष्ट्रिय चेन रेष्टुरेण्ट कोइला सञ्चालनमा

पोखरा, ५ असार /पोखराको लेकसाइडमा अन्तराष्ट्रिय चेन रेष्टुरेण्ट सञ्चालनमा आएको छ । विदेशी लगानी कर्ताले कोइला लाउन्च एण्ड क्याफे सञ्चालनमा ल्याएका हुन् । यस अगाडी चीन र दुबईमा दुईवटा सहरमा सञ्चालन हुदै आएको कोइला पोखरामा एक हप्ता देखी सञ्चालनमा आएको हो ।

मुख्य गरि अरबी खाना र हुक्का यस रेष्टुरेण्टको फरक विशेषता रहेको रेष्टुरेण्टका म्यानेजर कृष्णप्रसाद बास्तोलाले बताए । उनले करिब २ सय ५० क्षेमतामा सञ्चालन भएको उनले बताए । अहिले युवायुवती पहिलो रोजाइमा परेको उनले बताए । उनले अरबी खानामा खपुुुस, साउरमा लगाएतका परिकार पाउने बताए ।

बास्तोलाले हुक्का पनि अरबमा शेखहरुले खाने खाल्को भएको बताए । उनले रेष्टुरेण्टको प्रबेश द्धारा गुफा आकारमा बताएका कारण निकैले मनपराएको बताए । रेष्टुरेण्ट भारतका आशिष तलबारले सञ्चालनमा ल्याएका हुन् । उनले पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याएको बताए ।

कमेन्टहरु
Loading...