काँहुखोलामा अर्गानीक तरकारीको बजार संचालनमा

पोखरा, १६ माघ । पोखरा महानगरपालिकाको सहयोगमा वडा नं १३ काँहुखोलामा विहिवारदेखी किसान वाजर संचालनमा आएको छ । किसानले उत्पादन गरेको तरकारीलाई सिधै उपभोक्तासम्म सुपथ मुल्यमा पु¥याउने उद्धेश्यले किसान वजार संचालनमा ल्याइएको हो ।

महानगरपालिकाको रु पाँच लाख र वडा कार्यालयको २ लाख गरी सात लाखको लागतमा वजार संचालनका लागी भवन निर्माण गरिएको छ । उक्त भवनमा अहिले वडा भित्रका १० जना किसानले दैनिक आफ्नो खेतवारीमा उत्पादीत तरकारीलाई त्यही वजारमा ल्याएर सिधै उपभोक्तालाई विक्रिगर्दै आएका छन् ।

वडा नं १३ र सो क्षेत्र आसपासका किसानको उत्पादनलाई वजारीकरण गर्न यसले सघाउने विश्वास लिईएको छ । रसायनीक मल र विषादी प्रयोग गरेको तरकारी प्रयोगगर्दा मानव स्वास्थ्यमा नै प्रतिकूल असर पारिरहेको अवस्थामा वडा कार्यालयले अर्गानीक तरकारीलाई मात्र उक्त वजारमा विक्रि वितरण गर्नेगरी वजार संचालनमा ल्याएपछि उपभोक्तापनी खुसी भए । किसानले उत्पादन गरेको तरकारी विचौलीयाका कारण उपभोक्ताले महंगो मुल्य तिर्नुपर्ने र किसानले आँफूले उत्पादन गरेको उत्पादीत वस्तुको मुल्य नपाउने परंपराको अन्त्य भएको छ ।

स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र वजारीकरणगर्दै उपभोक्तालाई ताजा र स्वच्छ वस्तु उपलव्ध गराउन उक्त वजार सहयोगी हुने विश्वास वडा कार्यालयको रहेको छ । किसान वजारको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य माननीय गायत्री गुरुङले समृद्ध नेपाल निर्माणका लागी कृषिमा आत्मनिर्भर हुनुपर्ने वताईन । किसानका समस्या पहिचानगरी उनीहरुलाई आत्मनिर्भर वनाउन प्रदेस सरकारले अनुदान र सहुलीयत व्याजमा ऋण प्रवाह गरेको वताउदै उनले किसानको जीवनस्तर उकास्न तीनै तहका सरकार लागीपरेको वताईन ।

कार्यक्रमका सभापति एवं वडा नं १३का वडाध्यक्ष दर्शन लामाले वडा नं १३ लाई अर्गानीक वस्तु उत्पादनको पकेट क्षेत्र वनाएर विचौलीया नरहनेगरी सवैले सुपथ मुल्यम ताजा अर्गानीक तरकारी उपलव्ध गराउने वताए । घरेलु उत्पादन र हस्तकलालो मात्र समृद्धीलाई सघाउने भन्दै उत्पादन वृद्धीले आर्थिक सामाजिक क्षेत्रमा समेत परिवर्तन ल्याउन सक्ने वताए ।

कृषि विज्ञ मनोहर कडरीयाले उपभोक्ता आँउदा सवैखाले वस्तुसहजै पाउनसक्नेगरी व्यवस्थित कृषी उत्पादनमा जोड दिन सवैलाई आग्रह गरे । उत्पादन वृद्धी भए वजारीकरणमा सघाउने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...