बुद्व विशाल बजारका अध्यक्ष खत्रीलाई पोउबा संघमा उमेद्वारी दिने

पोखरा, २० भदौ । बुद्व विशाल बजार व्यवसायी एशोसियशनले पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं

महाधिवेशनमा सदस्य पदमा अध्यक्ष केशव खत्रीलाई उठाउने निर्णय गरेको छ । एशोसियशनको बैठकले अध्यक्ष

खत्रीलाई उठाउने निर्णय गर्दै सवैलाई सहयोग गर्न आग्रह गरेको छ । फेन्सी तथा रेडिमेड व्यवसायी संघ

कास्कीका अध्यक्ष समेत रहेका खत्रीमा नेतृत्व क्षमता भएका कारण सदस्यमा उठाउने निर्णय गरेको

एशोसियशनले जनाएको छ । उनी बुद्व विशाल बजारभित्र रहेको कुशल फेन्सीका प्रोपाईटर हुन्। लामो समयदेखि

व्यवसायमा संलग्न रहेका खत्रीले व्यवसायीको हित नै आफ्नो उदेश्य भएको प्रष्ट पारेका छन् । महाधिवेशन असोज ५ र ६ गते हुदैछ ।

कमेन्टहरु
Loading...