कृस्तीमा गाउँ परिषदको बैठक

पोखरा २० पुस/कृस्ती गाउँ विकास समितिको १७ औ गाउँ परिषद बैठक सम्पन्न भएको छ । बैठकमा अवसरमा क्षेत्र नम्बर ३ का सभासद रविन्द्र अधिकारीले गाविसको विकासको लागि सबै एक भएर लाग्नु पर्ने बताए । सभासद अधिकारीले योजना मात्र भएर नहुने भन्दै त्यसको कार्यन्वयमा सबैले जोडदिनु पर्ने उनले बताए ।

बैठकमा कृस्ती गाउँ विकास समितिका सचिव डिल्लीराम गिरीले आय व्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए । गिरीले आर्थिक वर्ष २०६९÷७० मा आय तर्फ ७३ लाख २ हजार १ सय ६१, २०७०÷७१ मा ७९ लाख १८ हजार आय भएको जानकारी दिए । त्यसैगरी २०७१÷७२ को प्रस्तावित आय ७७ लाख २२ हजार रहेको उनले जानकारी दिए ।

कृस्ती गाउँ विकास समितिका सचिव डिल्लीराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काग्रेशका रणवहादुर कार्की, एमालेका पूर्णवहादुर थापा लगायतकाले गाविसमा आगामी दिनमा विकासका लागी योजना बनाइ अगाडी बढ्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...